
देशभर गर्मी बढेसँगै शरीरमा थकान, असन्तुलन र पाचन समस्याहरू देखिन थालेका छन्। यो मौसममा शरीरको तापक्रम पनि बढ्ने भएकाले खाना पचाउने क्षमता घट्छ। त्यसैले हल्का, शितल र स्वास्थ्यवर्धक खानेकुरा छान्नु आवश्यक हुन्छ। तर केही तरकारीहरू गर्मीमा सेवन गर्दा उल्टो असर पार्न सक्छन्।
गर्मीमा नखानु राम्रो हुने केही तरकारीहरू:
- लसुन: शरीरमा ताप बढाउँछ, छालाको समस्या र अपच निम्त्याउन सक्छ।
- प्याज: काँचो प्याजले गर्मी बढाउँछ, पकाएर खानु उपयुक्त।
- काउली: गर्मीमा आलस्य, वाकवाकी र अपच गराउँछ।
- खुर्सानी: धेरै पिरोले पेट पोल्ने र अपचको समस्या ल्याउँछ।
- बन्दा: ग्यास र अपचको समस्या निम्त्याउँछ।
- डल्ले च्याउ: शरीरमा अत्याधिक ताप उत्पादन गर्छ।
- पालुंगो: अत्यधिक अक्सालिक एसिडले मृगौलामा असर पुर्याउन सक्छ।
- अदुवा: तातो प्रकृतिको भएकाले गर्मीमा सेवन नगर्नु राम्रो।
तपाईंको विकल्पहरू: काँक्रो, कुरिलो, मटरकोसा, आलु, गेडागुडी, धनियाँ र तिता तरकारीहरू गर्मी मौसमका लागि उपयुक्त मानिन्छन्।
स्वस्थ रहनुहोस्, सन्तुलित खानपान गर्नुहोस्!