गुल्मीमा मोटरसाइकल दुर्घटना, सबइन्जिनियरको मृत्यु

गुल्मीको रेसुङ्गा नगरपालिका–६ सिमाघाट लप्सीमा मोटरसाइकल दुर्घटनामा परेर एक सबइन्जिनियरको ज्यान गएको छ। दाङको गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गङ्गा बहादुर सारुले जानकारी दिनुभएको छ।

चौधरीले चलाएको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल गएराति करिब १०:३० बजे अनियन्त्रित भई सडकछेउको नालीमा खस्दा उनी गम्भीर रूपमा घाइते भइ मृत्यु भएका हुन्। घटनाको समयमा उनी एक्लै सवार थिए।

मृतक चौधरी गुल्मीस्थित इन्द्र एम.के. जे.बी. निर्माण सेवामा सबइन्जिनियरको रूपमा कार्यरत थिए। दुर्घटनाको जानकारी पाएपछि प्रहरी निरीक्षक भूपेन्द्र थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याउने तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

डेंगी संक्रमणले कोशी प्रदेशका सबै १४ जिल्ला प्रभावित
  • २०८२ श्रावण १२, सोमबार ०६:३३ बजे

झापा । कोशी प्रदेशका सबै १४ जिल्लामा डेंगी फैलिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार, हालसम्म प्रदेशभर ३ हजार १८१ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३ जनाले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

लैंगिक समानता दिगो विकासको आधार : उपाध्यक्ष अधिकारी
  • २०८२ असार ३२, बुधबार १२:२१ बजे

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले लैंगिक समानता बिना समृद्धि र दिगो विकास सम्भव नहुने बताएका छन्। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक फोरममा नेपालले लैंगिक समानतालाई राष्ट्रिय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *