बालेन शाहको घरमा तोडफोड, चोरीको आशंकामा प्रहरी अनुसन्धान

१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ। शुक्रबार राति अज्ञात समूहले गेटको ग्रिल भाँचिएको अवस्थामा फेला परेपछि घटना सार्वजनिक भएको हो।

प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार प्रारम्भिक रूपमा चोरीको प्रयास भएको हुनसक्ने आशंका गरिएको छ। हाल घटनास्थलको निरीक्षण, वरपरका सीसीटीभी फुटेज संकलन तथा आवश्यक सोधपुछ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

झापा–५ बाट निर्वाचनमा उम्मेदवार बनेका बालेन हाल चुनावी प्रचारका लागि कर्णाली प्रदेशमा रहेका छन्। घटनाका बेला घरमा को–को थिए, कुनै सामग्री चोरी भयो वा भएन भन्ने विषयमा विस्तृत जानकारी संकलन गर्ने काम जारी रहेको प्रहरीको भनाइ छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस