आसन्न निर्वाचनमा कुनै दलसँग समीकरण हुँदैन: प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक Pushpa Kamal Dahal ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग समीकरण नहुने स्पष्ट पार्नुभएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा आफ्नै चुनावी एजेण्डा, पार्टी संगठन र जनताको साथमा निर्वाचनमा सहभागी हुने बताउनुभयो।

“यो निर्वाचनमा नेकपाले कुनै पनि राजनीतिक दलसँग समीकरण गर्दैन, आफ्नै एजेण्डा र जनसमर्थनका आधारमा अघि बढ्छौँ,” उहाँले भन्नुभयो। एक सय ६५ निर्वाचन क्षेत्रमध्ये बागलुङ क्षेत्र नं १ बाहेक अन्यत्र तालमेल नभएको जानकारी दिँदै उहाँले अन्यत्र चुनावी तालमेल गर्ने नीति नरहेको स्पष्ट पार्नुभयो।

संयोजक दाहालले विगतका कमजोरी सच्याउँदै जनताको चाहना अनुसार सुशासन र समृद्धिको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र भ्रष्टाचारविरुद्ध नेकपा दृढ रूपमा उभिने उल्लेख गर्दै जनताबाट सकारात्मक समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी संयन्त्र र आमजनताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। साथै आसन्न निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गर्नुभयो।

जेनजी युवाको भावना समेट्दै संविधान संशोधनमार्फत राजनीतिक स्थिरता कायम गर्न सबै दल, युवापुस्ता र सरोकारवालाबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

वर्षा र हावाहुरीपछि काठमाडौँको वायु गुणस्तर सुधार, ‘राम्रो’ श्रेणीमा झर्‍यो
  • २०८३ बैशाख २३, बुधबार ०२:२४ बजे

काठमाडौं । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (AQI) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस