मार्मा गाउँपालिकामा जिप दुर्घटना: एक जनाको मृत्यु, एक घाइते

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति करिब ९ बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१०–०१ च २६०४ नम्बरको जिप भैसे भन्ने स्थानमा दुर्घटनामा परेको हो।

दुर्घटनामा मार्मा गाउँपालिका–६ का केशवराज जोशीको घटनास्थलमै मृत्यु भएको छ। जिप चालक माधव महरा घाइते भएका छन् र उनको उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी पठाइएको प्रहरीले जनाएको छ। चालकसहित दुई जना सवार उक्त जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो।
(रासस)

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *