अर्घाखाँचीमा पत्नी हत्या प्रकरण : पति पक्राउ

अर्घाखाँचीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्युठान नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भई विगत ८ वर्षदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातले पोखरामा बस्दै आएका ३६ वर्षीय किरण गुरुङलाई पक्राउ गरिएको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार गुरुङले आफ्नी ३४ वर्षीया पत्नी सुमित्रा कुमाल गुरुङलाई हत्या गरी घरभित्रै गाडेर लुकाउने प्रयास गरेका थिए।

भदौ १२ गते दिउँसो करिब १२ बजे विवाद चर्किएपछि उनले बाँसको लठ्ठी र हँसियाको पछाडिको भाग प्रयोग गरी सुमित्रालाई प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

हत्या गरेपछि मृतकलाई कम्बलमा बेरेर भान्सा कोठामा खाडल खनी गाडिएको प्रहरीले जनाएको छ।

तीन–चार दिनसम्म सुमित्रा नदेखिएपछि छरछिमेक र माइती पक्षले खोजी गरिदिन भन्दै प्रहरी चौकी बल्कोटमा जानकारी गराएका थिए, जसपछि घटना बाहिरिएको हो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *