अर्घाखाँचीमा पत्नी हत्या प्रकरण : पति पक्राउ

अर्घाखाँचीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्युठान नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भई विगत ८ वर्षदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातले पोखरामा बस्दै आएका ३६ वर्षीय किरण गुरुङलाई पक्राउ गरिएको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार गुरुङले आफ्नी ३४ वर्षीया पत्नी सुमित्रा कुमाल गुरुङलाई हत्या गरी घरभित्रै गाडेर लुकाउने प्रयास गरेका थिए।

भदौ १२ गते दिउँसो करिब १२ बजे विवाद चर्किएपछि उनले बाँसको लठ्ठी र हँसियाको पछाडिको भाग प्रयोग गरी सुमित्रालाई प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

हत्या गरेपछि मृतकलाई कम्बलमा बेरेर भान्सा कोठामा खाडल खनी गाडिएको प्रहरीले जनाएको छ।

तीन–चार दिनसम्म सुमित्रा नदेखिएपछि छरछिमेक र माइती पक्षले खोजी गरिदिन भन्दै प्रहरी चौकी बल्कोटमा जानकारी गराएका थिए, जसपछि घटना बाहिरिएको हो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *