अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना: अस्पतालको भवनमा ठोक्किँदा ठूलो क्षति

भारतको अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडेको एक मिनेटमै दुर्घटनाग्रस्त भएको छ। विमान सिधै अहमदाबादको सिभिल अस्पताल नजिक रहेको भवनमा ठोक्किएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

विमान ठोक्किएको भवन सिभिल अस्पतालमा कार्यरत इन्टर्न डाक्टरहरूको होस्टेल रहेको बताइएको छ। दुर्घटनामा कम्तिमा १५ जना डाक्टरहरू घाइते भएको पुष्टि गरिएको छ, र उनीहरूको उपचार भइरहेको छ। स्रोतअनुसार सो भवनमा ५०–६० जना इन्टर्न डाक्टरहरू बस्दै आएका थिए र ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ।

नजिकैको ब्लकमा रेजिडेन्ट डाक्टरहरू पनि बस्दै आएका थिए, तर उनीहरूलाई क्षति भएको छैन भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ।

Air India Press release
सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

सिड्नीको रेस्टुरेन्ट बाहिर दिउँसोको समयमा गोलीकाण्ड, तीन जना गम्भीर घाइते
  • २०८२ असार २, सोमबार ०१:३४ बजे

अंकित अधिकारी , अस्ट्रेलियाको सिड्नीस्थित अर्बन क्षेत्रमा रहेको एम ब्रदर्स कबाब शप अगाडि दिउँसोको भीडभाडको समयमा भएको गोलीकाण्डमा दुई पुरुष र एक महिला गम्भीर घाइते भएका छन्। घटनास्थलमा प्रहरीद्वारा क्राइम…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

भिविड सिड्नी २०२५: सिड्नीको रङ्गीन सांस्कृतिक उत्सव
  • २०८२ असार १, आईतवार ०८:०१ बजे

अंकित अधिकारी , सिड्नि  भिविड सिड्नी (Vivid Sydney) अष्ट्रेलियाको सिड्नी शहरमा हरेक वर्ष आयोजना हुने एक प्रमुख सांस्कृतिक उत्सव हो। २०२५ मा यसको १५औं संस्करण २३ मेदेखि १४ जुनसम्म आयोजना…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *