इन्स्पेक्टरको नक्कल गरेर सर्वसाधारणलाई झुक्याउने युवक पक्राउ

प्रहरीको नक्कल गर्दै सर्वसाधारणलाई भ्रममा पार्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ का २३ वर्षीय सुजन गिरी हुन्।

गिरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ स्थित दिव्यश्वरी नेवा भुटु रेष्टुरेन्टअगाडि मंगलबार साँझ करिब ६:३० बजे प्रहरी पोशाकमा खिचिएको फोटो मोबाइलमा देखाउँदै आफू प्रहरी इन्स्पेक्टर भएको दाबी गरेका थिए। उनले उक्त दाबीमार्फत सर्वसाधारणलाई झुक्याएको र सार्वजनिक स्थानमा अशान्ति फैलाएको आरोप लागेकाे छ।

स्रोतका अनुसार, गिरीलाई प्रहरी वृत्त थिमीको टोलीले नियन्त्रणमा लिएको भक्तपुर प्रहरीका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी दिएका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

लैंगिक समानता दिगो विकासको आधार : उपाध्यक्ष अधिकारी
  • २०८२ असार ३२, बुधबार १२:२१ बजे

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले लैंगिक समानता बिना समृद्धि र दिगो विकास सम्भव नहुने बताएका छन्। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक फोरममा नेपालले लैंगिक समानतालाई राष्ट्रिय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

अध्यागमन कार्यालयमा व्यापक सरुवा प्रक्रिया : नयाँ अधिकृतहरूलाई जिम्मेवारी दिने तयारी
  • २०८२ असार ३१, मंगलवार १०:४६ बजे

काठमाडौँ, असार ३१ — गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ठूलो संख्याका अधिकृतहरूको छिट्टै सरुवा गर्ने तयारी गरेको छ। विश्वका विभिन्न मुलुकसँग जोडिएको नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वारमा रहेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *