इरान–इजरायल तनाव तेस्रो रात पनि जारी, आक्रमण–प्रत्याक्रमण बढ्दै

इजरायलले इरानमा आक्रमण सुरु गरेपछि उत्पन्न तनाव तेस्रो रात पनि उस्तै रहँदै दुवै देशबीच आक्रमण–प्रत्याक्रमण तीव्र बनेको छ। बीबीसीका अनुसार इरानले शनिवार राति मध्य इजरायलमा थप क्षेप्यास्त्र प्रहार गर्दा इजरायली रक्षा बल (IDF) ले पनि तेहरानमा हवाई आक्रमण गरेको बताएको छ।

पछिल्लो इरानी आक्रमणमा परेर इजरायलमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने इरानले इजरायली आक्रमणबाट भएको क्षतिबारे केही खुलाएको छैन। इजरायलले तेहरानको शाहरान तेल डिपो र इन्धन ट्याङ्कीहरूलाई लक्षित गरेको इरानको तेल मन्त्रालयले जनाएको छ, तर स्थिति नियन्त्रणमा रहेको दाबी गरिएको छ।

इजरायलले शुक्रबारदेखि इरानी आणविक तथा सैन्य ठाँउहरूमा आक्रमणको लहर शुरू गरेको हो। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी जनतालाई आफ्ना शासकविरुद्ध उठ्न आह्वान गरेपछि क्षेत्रीय द्वन्द्व अझै गहिरिने सम्भावना देखिएको छ।

रुस–युक्रेन र इजरायल–हमास युद्धसँगै अब इरान–इजरायलबीचको तनाव बढ्दा विश्वको आर्थिक तथा राजनीतिक अवस्था झन् जटिल बन्ने खतरा देखिएको छ। अन्तर्राष्ट्रिय नेताहरूले संयमता अपनाउन आग्रह गरिरहेका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

बंगलादेशमा बीएनपीको स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
  • २०८२ फाल्गुन १, शुक्रबार ०९:१२ बजे

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बिहीबार सम्पन्न बंगलादेशको आम निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको छ। २९९ सदस्यीय संसद्मा बीएनपीले १६५ सिट जित्दै सरकार गठनको मार्ग सुरक्षित गरेको हो। यससँगै पूर्वप्रधानमन्त्री…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पूर्वी कंगोमा खानी पहिरो: २०० भन्दा बढीको मृत्यु आशंका
  • २०८२ माघ १७, शनिबार १२:३४ बजे

मध्य अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भागमा रहेको रुबाया कोल्टन खानीमा भीषण पहिरो जाँदा २०० भन्दा बढी मानिसको ज्यान गएको आशंका गरिएको छ। उत्तरी किभु प्रान्तमा रहेको खानी बुधबार…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *