इरान–इजरायल तनाव तेस्रो रात पनि जारी, आक्रमण–प्रत्याक्रमण बढ्दै

इजरायलले इरानमा आक्रमण सुरु गरेपछि उत्पन्न तनाव तेस्रो रात पनि उस्तै रहँदै दुवै देशबीच आक्रमण–प्रत्याक्रमण तीव्र बनेको छ। बीबीसीका अनुसार इरानले शनिवार राति मध्य इजरायलमा थप क्षेप्यास्त्र प्रहार गर्दा इजरायली रक्षा बल (IDF) ले पनि तेहरानमा हवाई आक्रमण गरेको बताएको छ।

पछिल्लो इरानी आक्रमणमा परेर इजरायलमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने इरानले इजरायली आक्रमणबाट भएको क्षतिबारे केही खुलाएको छैन। इजरायलले तेहरानको शाहरान तेल डिपो र इन्धन ट्याङ्कीहरूलाई लक्षित गरेको इरानको तेल मन्त्रालयले जनाएको छ, तर स्थिति नियन्त्रणमा रहेको दाबी गरिएको छ।

इजरायलले शुक्रबारदेखि इरानी आणविक तथा सैन्य ठाँउहरूमा आक्रमणको लहर शुरू गरेको हो। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी जनतालाई आफ्ना शासकविरुद्ध उठ्न आह्वान गरेपछि क्षेत्रीय द्वन्द्व अझै गहिरिने सम्भावना देखिएको छ।

रुस–युक्रेन र इजरायल–हमास युद्धसँगै अब इरान–इजरायलबीचको तनाव बढ्दा विश्वको आर्थिक तथा राजनीतिक अवस्था झन् जटिल बन्ने खतरा देखिएको छ। अन्तर्राष्ट्रिय नेताहरूले संयमता अपनाउन आग्रह गरिरहेका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

सिड्नीको रेस्टुरेन्ट बाहिर दिउँसोको समयमा गोलीकाण्ड, तीन जना गम्भीर घाइते
  • २०८२ असार २, सोमबार ०१:३४ बजे

अंकित अधिकारी , अस्ट्रेलियाको सिड्नीस्थित अर्बन क्षेत्रमा रहेको एम ब्रदर्स कबाब शप अगाडि दिउँसोको भीडभाडको समयमा भएको गोलीकाण्डमा दुई पुरुष र एक महिला गम्भीर घाइते भएका छन्। घटनास्थलमा प्रहरीद्वारा क्राइम…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

भिविड सिड्नी २०२५: सिड्नीको रङ्गीन सांस्कृतिक उत्सव
  • २०८२ असार १, आईतवार ०८:०१ बजे

अंकित अधिकारी , सिड्नि  भिविड सिड्नी (Vivid Sydney) अष्ट्रेलियाको सिड्नी शहरमा हरेक वर्ष आयोजना हुने एक प्रमुख सांस्कृतिक उत्सव हो। २०२५ मा यसको १५औं संस्करण २३ मेदेखि १४ जुनसम्म आयोजना…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *