‘ऊनको स्वीटर’ तेस्रो हप्तामा प्रवेश, बक्स अफिसमा ८ करोड नाघ्यो

काठमाडौं । नवीन चौहानको लेखन र निर्देशनमा बनेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ देशभर १२० भन्दा बढी शोसहित तेस्रो हप्तामा प्रवेश गरेको छ। निर्माता संस्था आर्टमाण्डू नेपाल प्रा.लि.का अनुसार, चलचित्रले दुई हप्तामै घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस आम्दानी गर्न सफल भएको छ।

हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि विदेशमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको बताइएको छ। रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै हाउसफुल शो दिँदै आएको चलचित्र नयाँ फिल्महरू रिलिज भइरहेका बेला पनि १२० भन्दा बढी शो पाइरहेको छ, जुन अत्यन्त सकारात्मक मानिएको छ।

  1. विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको दमदार अभिनयले चलचित्रलाई थप प्रभावशाली बनाएको छ। संवाद, निर्देशन र अभिनय दर्शकहरूले विशेष प्रशंसा गरेका छन्।
सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *