राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली प्रदेशको कार्यवाहक प्रमुखको जिम्मेवारी सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई तोक्नुभएको छ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी जेठ ५ देखि १३ गतेसम्म संयुक्त राज्य अमेरिकामा निजी भ्रमणमा रहने भएकाले उनको अनुपस्थितिमा मियाँलाई यो जिम्मेवारी दिइएको हो।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले कार्यवाहक प्रमुखको जिम्मेवारी दिने निर्णय गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।









