काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बुझाए स्पष्टीकरण

काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई आफ्नो स्पष्टीकरण बुझाएका छन्। गुरागाईँले पाण्डेलाई एक साताको समय दिँदै जेठ ६ गते स्पष्टीकरण मागेका थिए।

गुरागाईँले चैत २१ गते आफू लामो बिदापछि कार्यालय आउँदा पाण्डेले रोकेको आरोप लगाएका छन्। उनले पाण्डेमाथि महानगर प्रहरीको अनधिकृत परिचालन, अभद्र व्यवहार, गैरकानुनी गतिविधि, प्रमुख प्रशासकीय अधिकृतको सवारी साधन ह्विल लक गर्न आदेश दिएको, कार्यालयको तालाबन्दी गराएको, जनप्रतिनिधिहरूको बाटो छेक्ने जस्ता आरोप लगाएका छन्।

साथै, सञ्चार माध्यममा अनधिकृत अभिव्यक्ति दिएको र उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूसँग अमर्यादित व्यवहार गरेको आरोपसमेत लागेको छ। यदि पाण्डेको स्पष्टीकरण चित्त बुझ्दो नभएमा कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

लैंगिक समानता दिगो विकासको आधार : उपाध्यक्ष अधिकारी
  • २०८२ असार ३२, बुधबार १२:२१ बजे

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले लैंगिक समानता बिना समृद्धि र दिगो विकास सम्भव नहुने बताएका छन्। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक फोरममा नेपालले लैंगिक समानतालाई राष्ट्रिय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

अध्यागमन कार्यालयमा व्यापक सरुवा प्रक्रिया : नयाँ अधिकृतहरूलाई जिम्मेवारी दिने तयारी
  • २०८२ असार ३१, मंगलवार १०:४६ बजे

काठमाडौँ, असार ३१ — गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ठूलो संख्याका अधिकृतहरूको छिट्टै सरुवा गर्ने तयारी गरेको छ। विश्वका विभिन्न मुलुकसँग जोडिएको नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वारमा रहेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *