काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बुझाए स्पष्टीकरण

काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई आफ्नो स्पष्टीकरण बुझाएका छन्। गुरागाईँले पाण्डेलाई एक साताको समय दिँदै जेठ ६ गते स्पष्टीकरण मागेका थिए।

गुरागाईँले चैत २१ गते आफू लामो बिदापछि कार्यालय आउँदा पाण्डेले रोकेको आरोप लगाएका छन्। उनले पाण्डेमाथि महानगर प्रहरीको अनधिकृत परिचालन, अभद्र व्यवहार, गैरकानुनी गतिविधि, प्रमुख प्रशासकीय अधिकृतको सवारी साधन ह्विल लक गर्न आदेश दिएको, कार्यालयको तालाबन्दी गराएको, जनप्रतिनिधिहरूको बाटो छेक्ने जस्ता आरोप लगाएका छन्।

साथै, सञ्चार माध्यममा अनधिकृत अभिव्यक्ति दिएको र उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूसँग अमर्यादित व्यवहार गरेको आरोपसमेत लागेको छ। यदि पाण्डेको स्पष्टीकरण चित्त बुझ्दो नभएमा कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *