
कोरियन विशेष भाषा परीक्षा यही जेठ १९ गते, अर्थात् एक दिन मात्र सञ्चालन हुने पक्का भएको छ। सो परीक्षामा ७९९ जना परीक्षार्थी सहभागी हुनेछन्।
ईपीएस कोरिया शाखाले सोमबार सार्वजनिक सूचना जारी गर्दै परीक्षा मिति र सहभागी संख्याको जानकारी दिएको हो। परीक्षा काठमाडौंको भैसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा आयोजना गरिने छ।