गगन थापाको नयाँ प्रस्ताव: कांग्रेसमा गुटबन्दी अन्त्यको उपाय

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र बढ्दो गुटबन्दी अन्त्य गर्नका लागि नयाँ र ठोस प्रस्ताव अघि सारेका छन्। काठमाडौंको प्रदेशसभा क्षेत्र नं. ६ (प्रदेश ‘क’) को तेस्रो सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले सबै क्रियाशील सदस्यबाट सभापति छान्ने व्यवस्था गरिनुपर्ने बताएका छन्।

उनका अनुसार, कांग्रेसमा हाल ८ लाख ६६ हजार क्रियाशील सदस्य छन् र नवीकरणपछि यो संख्या करिब १२ लाख पुग्नेछ। यिनै १२ लाख सदस्यले प्रत्यक्ष रूपमा पार्टी सभापति छान्ने व्यवस्था गरिए गुटबन्दी स्वतः समाप्त हुने उनले दाबी गरे।

“सिधै ती १२ लाख सदस्यबाट सभापति चयन गरौँ, जसले गुट बनाउँछ त्यो समाप्त हुन्छ,” उनले भने, “नत्र गुट त बन्छ, जति भाषण गरे पनि।”

थापाले आगामी मंसिर २०८३ भित्रै कांग्रेसको १५औं महाधिवेशन सम्पन्न हुने दाबीसमेत गरे। उनले स्पष्ट पारे, “कसैले सोच्नुभएको छ भने कि निर्वाचनपछि मात्र महाधिवेशन हुन्छ, त्यो गलत हो। २०८३ मंसिरअघि नै अधिवेशन हुनेछ।”

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

विद्यादेवी भण्डारीको प्रतिक्रिया : “४५ वर्षदेखि पार्टी सदस्य, सदस्यता रोक्न मिल्दैन”
  • २०८२ श्रावण ९, शुक्रबार ०५:५८ बजे

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले ४५ वर्षअघि नै पार्टी सदस्यता लिएको दाबी गर्दै एमालेको निर्णयप्रति असहमति जनाएकी छिन्। नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले उनको सदस्यता नवीकरणमा रोक लगाउने निर्णय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

स्वतन्त्र उमेदवारमा रूपन्देही क्षेत्र नं. ३ मा किरण वि.क. द्वारा उम्मेद्‌वारी घोषणा
  • २०८२ श्रावण ९, शुक्रबार ०५:३६ बजे

बुटवल– किरण विकले रूपन्देही–३ बाट उम्मेदवारी घोषणा राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत किरण विकले रूपन्देही क्षेत्र नं. ३ बाट आगामी उपनिर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। ३१ वर्षीय विकले आफू पछिल्ला…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *