भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा तीव्रता दिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।
सडक विस्तारमा भइरहेको ढिलासुस्तीको कारण बुझ्न स्वयं अनुगमनमा पुगेका मन्त्री घिसिङले निर्माण कार्यमा प्रयोग हुने मेसिनरी र मजदुर तत्काल थप्न निर्देशन दिएका हुन्।

निरीक्षणका क्रममा मन्त्री घिसिङले दुई महिनाभित्र यात्रु तथा सवारी साधन सहज रूपमा सञ्चालन हुन सक्ने गरी सडक तयार गर्न स्पष्ट निर्देशन दिए। लामो समयदेखि निर्माणमा ढिलाइ हुँदा दाउन्ने सडक खण्डमा यात्रुहरू समस्यामा परिरहेका छन्।








