नारायणगढ–बुटवल सडक विस्तारको प्रगति ६६.५०% मा पुग्यो

नवलपरासी — नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको समग्र भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ। आयोजना सूचना अधिकारी शिव खनालका अनुसार कुल ११३.५३ किलोमिटर लम्बाइको सडकमध्ये हालसम्म एकतर्फी रूपमा ९०.८७ किलोमिटर कालोपत्र गरिएको छ। पुलहरू बाहेक ११०.४६ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यअनुसार हाल सवारी साधनले ९३.९४ किलोमिटर (करिब ८३%) कालोपत्र सडकमा यात्रा गर्न सक्ने अवस्था रहेको उनले जानकारी दिए।

खनालका अनुसार बाँकी निर्माण कार्यको अधिकांश हिस्सा दाउन्ने खण्डमा केन्द्रित गरिएको छ। हाल दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण अन्तिम चरणमा पुगेको छ भने सडक ढलानको काम पनि तीव्र गतिमा भइरहेको छ। यातायात सहज बनाउन दाउन्ने खण्डमा काम तिव्र बनाइएको छ।

यो सडक परियोजना सन् २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग सम्झौता भई २०७९ साउन २२ भित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर, काम समयमा नसकिएपछि दोस्रोपटक म्याद थपेर २०८१ साउन ८ सम्म पुर्‍याइएको थियो। पुनः काम नपुगेपछि हाल तेस्रोपटक म्याद थप गर्दै २०८२ साउन ८ सम्मको समय दिइएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *