नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) आज औपचारिक रूपमा एक हुने भएका छन्। ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ।
महिन्द्र राय यादवले माओवादीसँगको एकता प्रक्रिया छोडेपछि नेसपाका नेता श्रेष्ठले केन्द्रीय समिति बैठक बोलाई पार्टी पुनर्गठन गर्दै माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन्।नेसपा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबाट अलग भएर बनेको पार्टी हो।

गत निर्वाचनमा नेसपाका उम्मेदवारले माओवादीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए र महिन्द्र राय यादवले सिरहा–२ बाट निर्वाचन जितेका थिए।









