१४ जेठ, काठमाडौं – आज नेपालमा फरक-फरक समयमा तीन पटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ र कास्की जिल्लामा यी भूकम्पका झट्का महसुस भएका हुन्।
बुधबार साँझ ६:२७ बजे बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। बिहान ११:५६ बजे कास्कीको फूलिबाङ आसपास क्षेत्रमा ४.४ म्याग्निच्युडको भूकम्प गएको छ भने दिउँसो १२:५० बजे कास्कीको अन्नपूर्ण क्षेत्रमा ४.१ म्याग्निच्युडको अर्को भूकम्प गएको राष्ट्रिय केन्द्रले जनाएको छ।









