नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण

  • आर्थिक
  • २०८२ जेष्ठ ७, बुधबार १२:५६ बजे

काठमाडौँ — नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले बुधबार पदभार ग्रहण गरेका छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष सपथ लिएपछि उनले बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा कार्यभार सम्हालेका हुन्।

पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारको आगामी बजेट कार्यान्वयनलाई सहयोग गर्ने गरी मौद्रिक नीति तर्जुमा गरिने बताएका छन्। उनले आर्थिक गतिविधि सशक्त बनाउन सबै सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाए।

गभर्नर पौडेलले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा बैंकको आन्तरिक विषय भएको बताएका छन्। साथै, उनले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गर्दै कामको सुरुवात गरेका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

जेन-जी आन्दोलन : सहयोग रकम सरकारी कोषमा मात्र जम्मा गर्न अर्थमन्त्रालयको आग्रह
  • २०८२ आश्विन १८, शनिबार ०४:१४ बजे

जेन-जी आन्दोलनपछि घाइतेको उपचार र सहिद परिवारलाई राहतका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकम गैरसरकारी संस्थामा नभई सरकारी भौतिक पूर्वाधार निर्माण कोष मा जम्मा गर्न अर्थमन्त्रालयले आग्रह गरेको छ।…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन : सरकारले सम्झौता कार्यान्वयन नगरेको आरोप
  • २०८२ बैशाख १५, सोमबार ०६:५५ बजे

बबरमहल–बानेश्वर क्षेत्रमा शिक्षकहरूको आन्दोलन चलिरहेका बेला माइतीघरमा महिलाहरूले अर्धनग्न प्रदर्शन गरेका छन्। मुख र टाउकोमा कालोपट्टी बाँधी, कालो पेटीकोट लगाएर उनीहरूले प्रदर्शन गरेका थिए। उनीहरू सहकारीहरूबाट ठगिएका पीडित हुन्। सहकारीपीडित…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *