परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जापान भ्रमण

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापानको टोकियोतर्फ प्रस्थान गरेकी छन्। उनी जापानमा भोलिबाट सुरु हुने “ज्येष्ठ नागरिकमा सामाजिक एकान्तता” विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएकी हुन्। उक्त सम्मेलन एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (Foundation for the Welfare and Education of the Asian People) द्वारा आयोजना गरिएको हो।

यस सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्रीहरू, सरकारी अधिकारीहरू र वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहनेछ। मन्त्री देउवाको भ्रमण अवधिमा द्विपक्षीय भेटवार्ता समेत तय गरिएको छ। उनी आउँदो शनिबार नेपाल फर्किने कार्यक्रम छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *