पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा उनकी ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार अभियुक्तद्वयले गत आइतबार सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनामा परेकी सुशीलाका श्रीमान् विगत दुई वर्षदेखि वैदेशिक रोजगारीमा रहेका छन्। घटनास्थलबाट जलेको शव बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा मृतकका ससुरा दुर्गामान घाइते भएका छन् र उनको उपचारका लागि काठमाडौँ पठाइएको छ। पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतबाट म्याद लिएर थुनामा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङद्वारा निर्माण तीव्र बनाउन निर्देशन
  • २०८२ पुष ६, आईतवार ०६:२२ बजे

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा तीव्रता दिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्। सडक विस्तारमा भइरहेको ढिलासुस्तीको कारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *