पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा उनकी ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार अभियुक्तद्वयले गत आइतबार सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनामा परेकी सुशीलाका श्रीमान् विगत दुई वर्षदेखि वैदेशिक रोजगारीमा रहेका छन्। घटनास्थलबाट जलेको शव बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा मृतकका ससुरा दुर्गामान घाइते भएका छन् र उनको उपचारका लागि काठमाडौँ पठाइएको छ। पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतबाट म्याद लिएर थुनामा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *