प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि प्रतिनिधि सभाको आजको बैठकको कार्यसूचीबाट सांसदहरूद्वारा सोधिने प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक नभएकाले बैठकमा सहभागी हुन नसक्ने सूचना प्राप्त भएको हो।
तर, प्रधानमन्त्रीलाई के स्वास्थ्य समस्या देखिएको हो भन्ने विषयमा आधिकारिक रूपमा खुलाइएको छैन। संसद् सचिवालयले प्रश्नोत्तर सत्रको तयारी गरे पनि अन्तिम समयमा कार्यसूची संशोधन गरिएको हो।









