नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्।
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न फागुन १८ गतेदेखि फागुन २१ गते राति १२ बजेसम्म जिल्लाका भारतसँग जोडिएका सम्पूर्ण सीमा नाका बन्द रहने जनाएको छ।
प्रशासनले सीमा क्षेत्रबाट हुने आवतजावत नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न यो निर्णय गरिएको स्पष्ट पारेको छ।








