
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण क्षेत्रमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिइरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीसहितको टोलीलाई भैंसीको बथानले लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
स्थानीय बासिन्दाहरूले विमानस्थल क्षेत्रमै भैंसी चराउने गरेका छन्, किनभने निर्माण ढिलाइ र व्यवस्थापन अभावका कारण त्यहाँ घाँस उम्रिएको छ।
भिडियो क्रेडिट: ऋषि धमलाको फेसबुक पेज