दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति करिब ९ बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१०–०१ च २६०४ नम्बरको जिप भैसे भन्ने स्थानमा दुर्घटनामा परेको हो।
दुर्घटनामा मार्मा गाउँपालिका–६ का केशवराज जोशीको घटनास्थलमै मृत्यु भएको छ। जिप चालक माधव महरा घाइते भएका छन् र उनको उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी पठाइएको प्रहरीले जनाएको छ। चालकसहित दुई जना सवार उक्त जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो।
(रासस)








