म्याग्दी पहिरोमा बेपत्ता बालकको शव फेला

म्याग्दीको मालिका गाउँपालिका–३, लुप्सीपारमा पहिरोमा परेर बेपत्ता भएका १३ वर्षीय सरोज विकको शव फेला परेको छ। बुधबार दिउँसो घाँस काट्न गएका बेला पहिरोमा पुरिएर बेपत्ता भएका सरोजको शव आज नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा फेला पारिएको हो।

यसअघि सोही घटनामा सरोजका बुवा, ३५ वर्षीय जगेन्द्र विकको पनि मृत्यु भएको थियो। प्रहरीका अनुसार उनीहरू घर नजिकैको पाखामा घाँस काट्दै गर्दा अचानक माथिबाट पहिरो खसेर पुरिएको थियो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

जेन-जी आन्दोलन : सहयोग रकम सरकारी कोषमा मात्र जम्मा गर्न अर्थमन्त्रालयको आग्रह
  • २०८२ आश्विन १८, शनिबार ०४:१४ बजे

जेन-जी आन्दोलनपछि घाइतेको उपचार र सहिद परिवारलाई राहतका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकम गैरसरकारी संस्थामा नभई सरकारी भौतिक पूर्वाधार निर्माण कोष मा जम्मा गर्न अर्थमन्त्रालयले आग्रह गरेको छ।…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

श्रम सम्झौता भएका मुलुकमा अनिवार्य हुलाक सेवा विस्तार गर्नुपर्ने: मन्त्री गुरुङ
  • २०८२ भाद्र १७, मंगलवार ०५:२६ बजे

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका मुलुकहरूसँग हुलाक सेवा सम्झौता पनि अनिवार्य रूपमा गर्नुपर्ने बताएका छन्। हुलाक सेवा विभागको वार्षिक प्रगति समीक्षामा बोल्दै उनले हुलाकको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *