राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा ‘हेर्दाहेर्दै’मा राखिए पनि आज सुनुवाइ नहुने भएको छ।
न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबार प्रारम्भ भएको सुनुवाइ नसकिएपछि बुधबारका लागि सारिएको थियो। तर, सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा सहभागी हुनुपर्ने भएकाले आजको इजलास बस्न नसकेको हो।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री लामिछानेले कारागार कार्यालय, भैरहवाबाट दायर गरेको यो रिट सोमबार पनि हेर्न नमिल्ने सूचीमा परेको थियो।









