राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार सिफारिस भएका छन्। पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको शनिबार सम्पन्न बैठकले लिङ्देनको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो।
लिङ्देन यसअघि सोही निर्वाचन क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्। बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम भने हालसम्म टुंगो लगाएको छैन।
राप्रपा झापा जिल्ला अध्यक्ष केशव ओझाका अनुसार यही पुस १२ गतेसम्म जिल्लाका पाँचवटै क्षेत्रीय समितिहरूले जिल्ला समितिसमक्ष उम्मेदवारको नाम सिफारिस गरिसक्नेछन्।
(रासस)









