राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बिहीबार दिउँसो २ बजे वनस्थली स्थित पार्टि कार्यालयमा हुनेछ। पार्टीका प्रवक्ता मनिष झालेले यो जानकारी दिएका छन्।

सहकारी ठगी प्रकरणमा पार्टीका सभापति रवि लामिछाने जेल गएपछि कार्यवाहक सभापति डीपी अर्यालले यो बैठक बोलाएका हुन्। बैठकमा अघिल्लो बैठकका निर्णयहरुको कार्यान्वयन, पार्टीको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।

केन्द्रीय सदस्यहरुले आफ्नो प्रगति विवरण (“रिपोर्टिङ”) पेश गर्नेछन् भने महाधिवेशनको तयारी सम्बन्धमा पनि छलफल हुनेछ। सभापति लामिछाने जेल परेपछि पार्टीले महाधिवेशन गर्ने वा स्थगित गर्ने निर्णय लिन बाँकी छ।









