लोडसेडिङको हल्ला मात्र हो : ऊर्जा मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले हाल देखिएको लोडसेडिङको चर्चा सामाजिक सञ्जालमा फैलिएको हल्ला मात्र भएको बताएका छन्। सिंहदरबारमा आयोजित प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मर्मतसम्भारका कारण बाहेक अन्य कुनै पनि कारणले लोडसेडिङ नहुने स्पष्ट पारे।

मन्त्री खड्काका अनुसार केही व्यक्तिहरूले विदेशबाट फोन गरेर ‘लोडसेडिङ भएको छ’ भन्ने अफवाह फैलाउने काम गरिरहेका छन्। उनले भने, “रातको १२ बजे विदेशबाट फोन आउँछ, पटक–पटक आउँछ, अनि हामी कहाँ बत्ती गयो भन्छौँ। तर पछि बुझ्दा सबै ठाउँमा बत्ती भइरहेको हुन्छ। यस्तो झूठो प्रचार गरेर जनतालाई दुःख दिने काम भइरहेको छ।”

उनका अनुसार देशमा विद्युत् उत्पादन बढिरहेको छ र आवश्यकता परेमा आयातमार्फत पनि आपूर्ति गरिने भएकाले यस वर्ष लोडसेडिङ नहुनेछ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *