वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याउने तयारीमा सरकार

  • समाचार
  • २०८२ जेष्ठ ९, शुक्रबार ०३:२१ बजे

काठमाडौं – सरकारले वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्‍याउने तयारी गरेको छ। आर्थिक सुधार सुझाव आयोगको सिफारिस अनुसार मन्त्रिपरिषद्ले आगामी एक वर्षभित्र उमेर हद ७० वर्ष बनाउने कार्ययोजना स्वीकृत गरेको हो।साथै, वृद्धभत्ता पाउन अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने कार्ययोजना पनि स्वीकृत गरिएको छ।

यसअघि २०७९ जेठ १५ मा सार्वजनिक बजेटमार्फत उमेर सीमा घटाएर ६८ वर्ष बनाइएको थियो। त्यस निर्णयले वार्षिक २० अर्बभन्दा बढी खर्च थपिएको पञ्जीकरण विभागको तथ्यांकले देखाउँछ।

त्यसैगरी, २०७८ मा भत्ता रकम चार हजार पुर्‍याइएपछि सरकारी दायित्व झनै बढेको थियो।

सुझाव आयोगले आगामी पाँच वर्षसम्म भत्ता नबढाउने र वृद्धभत्ता पाउने उमेर ७० कायम गर्ने सल्लाह दिएको छ। साथै, दलित तथा एकल महिलाको हकमा भत्ता पाउने उमेर ६० बाट बढाएर ६५ वर्ष बनाउने सुझाव पनि दिइएको छ, जुन कार्यान्वयनको चरणमा रहेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

मार्मा गाउँपालिकामा जिप दुर्घटना: एक जनाको मृत्यु, एक घाइते
  • २०८२ पुष ६, आईतवार ०६:०१ बजे

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

अर्घाखाँचीमा पत्नी हत्या प्रकरण : पति पक्राउ
  • २०८२ भाद्र १७, मंगलवार ०५:२१ बजे

अर्घाखाँचीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्युठान नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भई विगत ८ वर्षदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *