वैदेशिक रोजगारीको नाउँमा ठगी गर्ने दुई जना पक्राउ

  • समाचार
  • २०८२ असार १, आईतवार ०७:०४ बजे

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको झुटो प्रलोभन देखाई ठगी गर्ने दुई व्यक्तिलाई पक्राउ गरेको छ। उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलब र विदेश पठाइदिने निहुँमा ठगी गरी सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–५ की ३५ वर्षीया दीपा शर्मा र झापा भद्रपुर नगरपालिका–४ का २७ वर्षीय बृजेश सुवेदी रहेका छन्। अनुसन्धान अनुसार, शर्माले क्यानडामा रोजगारीको झुटो आश्वासन दिई एक पीडितसँग २३ लाख ५० हजार रुपैयाँ ठगी गरेकी थिइन् भने सुवेदीले युके पठाइदिने भन्दै अर्को पीडितसँग २ लाख ५० हजार ठगी गरेका थिए।

शर्मालाई बूढानीलकण्ठ नगरपालिका–११ बाट र सुवेदीलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। शर्मासम्बन्धी मुद्दा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा र सुवेदीको मुद्दा वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

मार्मा गाउँपालिकामा जिप दुर्घटना: एक जनाको मृत्यु, एक घाइते
  • २०८२ पुष ६, आईतवार ०६:०१ बजे

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

अर्घाखाँचीमा पत्नी हत्या प्रकरण : पति पक्राउ
  • २०८२ भाद्र १७, मंगलवार ०५:२१ बजे

अर्घाखाँचीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्युठान नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भई विगत ८ वर्षदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *