सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका मुलुकहरूसँग हुलाक सेवा सम्झौता पनि अनिवार्य रूपमा गर्नुपर्ने बताएका छन्।
हुलाक सेवा विभागको वार्षिक प्रगति समीक्षामा बोल्दै उनले हुलाकको व्यवसायिक सम्भावना पार्सल सेवा रहेको भन्दै यसलाई विदेशमा रहेका नेपालीहरूसम्म विस्तार गर्नुपर्नेमा जोड दिए। पार्सल सेवालाई भरपर्दो बनाउनुपर्ने उल्लेख गर्दै उनले श्रम सम्झौता भएका देशहरूमै हुलाक सेवा पुग्नुपर्ने बताए।
मन्त्री गुरुङले सबै पालिकामा डिजिटलाइजेसन गर्न र ‘स्मार्ट हुलाक कार्यालय’ सञ्चालनमा ल्याउन निर्देशन दिँदै भने, “अब हुलाक स्मार्ट हुनुपर्छ, सूचना प्रविधिको अधिकतम उपयोग गरेर समयअनुसार रुपान्तरण गर्नुपर्छ।”








