संविधान संशोधन बहुमतको नभई आम सहमतिमा हुनु पर्ने विषय हो – उपप्रधानमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान संशोधन कुनै बहुमत र अल्पमतको विषय नभई सबैको सहमतिमा हुनुपर्ने बताएका छन्। उनले संविधान समयअनुसार परिमार्जन गर्न सकिने दस्तावेज भएकोले सबै दलबीच छलफलबाट अगाडि बढ्नुपर्ने बताए।

पौडेलले हालको बजेट, मौद्रिक नीति र कानुनी सुधारमार्फत देशको आर्थिक विकास अगाडि बढ्ने विश्वास व्यक्त गरे। विदेशी लगानीमैत्री वातावरण बनाउन आवश्यक कानून र नीति परिमार्जन गरिएको उनले बताए।

उनले प्रतिपक्षको व्यवहार अपरिपक्व भएको भन्दै तथ्य र तर्कका आधारमा संसदमा प्रस्तुत हुनुपर्नेमा जोड दिए। संघीयताको कार्यान्वयनलाई बलियो बनाउनेतर्फ सरकारले प्रयास गरिरहेको र अझ सुधार गर्ने प्रतिबद्धता रहेको बताए।

राजतन्त्रको कुरा उठाइनु पछाडि फर्कने प्रयास हो भन्दै उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर जनतामा भ्रम फैलाउन नहुने बताए। देशप्रति आशावादी रहनुपर्ने बताउँदै उनले सबैलाई विकास र समृद्धिको यात्रामा साथ दिन अपिल गरे।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

जेन-जी आन्दोलन : सहयोग रकम सरकारी कोषमा मात्र जम्मा गर्न अर्थमन्त्रालयको आग्रह
  • २०८२ आश्विन १८, शनिबार ०४:१४ बजे

जेन-जी आन्दोलनपछि घाइतेको उपचार र सहिद परिवारलाई राहतका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकम गैरसरकारी संस्थामा नभई सरकारी भौतिक पूर्वाधार निर्माण कोष मा जम्मा गर्न अर्थमन्त्रालयले आग्रह गरेको छ।…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

श्रम सम्झौता भएका मुलुकमा अनिवार्य हुलाक सेवा विस्तार गर्नुपर्ने: मन्त्री गुरुङ
  • २०८२ भाद्र १७, मंगलवार ०५:२६ बजे

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका मुलुकहरूसँग हुलाक सेवा सम्झौता पनि अनिवार्य रूपमा गर्नुपर्ने बताएका छन्। हुलाक सेवा विभागको वार्षिक प्रगति समीक्षामा बोल्दै उनले हुलाकको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *