सीमा तनावपछि स्थगित IPL 2025 पुनः सुरु गर्ने तयारीमा बीसीसीआई

भारत–पाकिस्तानबीचको सीमा तनावका कारण ९ मेदेखि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (IPL) 2025 पुनः सुरु गर्नेबारे भारतीय क्रिकेट बोर्ड (BCCI) ले तयारी थालेको छ। १० मेको बेलुकी दुबै देशबीच युद्धविरामको घोषणा भएपछि पुनः सञ्चालनको सम्भावना देखिएको हो।

BCCI का सचिव देवजित सैकियाले नयाँ मिति सबै सरोकारवालासँग परामर्शपछि मात्रै तय गरिने बताएका छन्। “सरकार, फ्रेन्चाइज, ब्रोडकास्टर, प्रायोजक र राज्य संघहरूसँग छलफलपछि मात्रै निर्णय हुनेछ,” उनले स्पष्ट पारे।

हालसम्म प्रतियोगिताका १३ लिग खेल र चार प्लेअफ चरणका खेल बाँकी छन्। अन्तिम खेल १५ मेमा कोलकातामा हुने तय भए पनि स्थगनपछि धेरै विदेशी खेलाडी र प्रशिक्षकहरू २४ घण्टाभित्रै भारतबाट बाहिरिसकेका छन्, जसले पुनः सञ्चालनमा चुनौती थपिएको छ।

अष्ट्रेलियन बलर जोश हेजलउड आरसीबीबाट खेलिरहेका थिए तर काँधको चोटका कारण ३ मेको खेल गुमाए। उनी फेरि आइपिएल खेल्न नआउने सम्भावना छ। यद्यपि क्रिकेट अष्ट्रेलिया उनलाई डब्लुटीसी फाइनलका लागि फिट देखिरहेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

टेस्ट क्रिकेटको सपना तर्फ उक्लिंदै नेपाल — “एभरेस्ट चढ्दै”
  • २०८२ असार ४, बुधबार ०९:२७ बजे

नेपाल क्रिकेट संघ (CAN) ले भविष्यमा टेस्ट क्रिकेट खेल्ने आफ्नो दीर्घकालीन लक्ष्य सार्वजनिक गरेको छ। “नेपाल भन्नासाथ मानिसहरूलाई सगरमाथा सम्झिन्छ, त्यसैले हामी पनि टेस्ट क्रिकेटको सगरमाथा चढ्ने बाटोमा छौं,” CAN…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

मे १७ देखि पुनः सुरु हुँदै आइपीएल २०२५
  • २०८२ बैशाख ३०, मंगलवार ०८:०४ बजे

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ मे १७ बाट पुनः सुरु हुने भएको छ भने फाइनल खेल जुन ३ मा सम्पन्न हुने तय गरिएको छ। आइपीएलले आफ्नो आधिकारिक एक्स (Twitter) ह्यान्डलमार्फत…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *