नुवाकोटमा माइक्रोबस दुर्घटनामा ९ जना घाइते

नुवाकोटबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३००१ज०८५४ नम्बरको विद्युतीय माइक्रोबस आइतबार नुवाकोटको शिवपुरी गाउँपालिका–७ गुरुङगाउँमा दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा ५ महिलासहित ९ जना घाइते भएका हुन्। माइक्रोबस करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।

घाइतेहरूमध्ये नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाकी मैना राई, काठमाडौंको महाराजगञ्जकी लक्ष्मी खड्गी, गोंगबुकी सिर्जना लामा, नुवाकोट माझिटारकी बिपना अर्याल, शिवपुरी तलाखुका रसमान लामा, विजय लामा, काठमाडौंको कलंकी बस्ने सरस्वती राई, श्याम दगौरा र रसुवाको उत्तरगया गापा–५ का महेन्द्र श्रेष्ठ रहेका छन्।

सभी घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। दुर्घटनापछि चालक रवि बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *