नुवाकोटमा माइक्रोबस दुर्घटनामा ९ जना घाइते

नुवाकोटबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३००१ज०८५४ नम्बरको विद्युतीय माइक्रोबस आइतबार नुवाकोटको शिवपुरी गाउँपालिका–७ गुरुङगाउँमा दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा ५ महिलासहित ९ जना घाइते भएका हुन्। माइक्रोबस करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।

घाइतेहरूमध्ये नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाकी मैना राई, काठमाडौंको महाराजगञ्जकी लक्ष्मी खड्गी, गोंगबुकी सिर्जना लामा, नुवाकोट माझिटारकी बिपना अर्याल, शिवपुरी तलाखुका रसमान लामा, विजय लामा, काठमाडौंको कलंकी बस्ने सरस्वती राई, श्याम दगौरा र रसुवाको उत्तरगया गापा–५ का महेन्द्र श्रेष्ठ रहेका छन्।

सभी घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। दुर्घटनापछि चालक रवि बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *