पानीजहाज विधेयक २०८१ राष्ट्रियसभाबाट सर्वसम्मत पारित

राष्ट्रियसभाले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ। सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रस्तुत गरेको प्रस्तावलाई सभासद्हरूले पूर्ण समर्थन गर्दै अनुमोदन गरेका हुन्।

यसअघि ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको थियो। छलफलमा सांसद सुरेशकुमार आले मगर, रुक्मिणी कोइराला, तारामान स्वाँर, डा. बेदुराम भुसाल र विष्णुबहादुर विश्वकर्मा सहभागी भएका थिए।

 

छलफलपछि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले, यो विधेयकले आन्तरिक जलमार्गमा पानीजहाज सञ्चालनका लागि कानुनी आधार तयार गर्ने र भविष्यमा समुद्रसम्म पहुँचको सम्भावनालाई समेत अगाडि बढाउने स्पष्ट पार्नुभयो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *