राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाई र अंगरक्षक झापाबाट पक्राउ

चैत्र २९, २०८१ – FlashKhabar
नेपाल प्रहरीद्वारा फरार अभियुक्त दुर्गा प्रसाई र उनका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको छ। प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यको हस्ताक्षरयुक्त विज्ञप्तिमा उनीहरूलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख छ।

प्रसाई, जो हालैका दिनमा राजावादी आन्दोलनको नेतृत्व गर्दै आएका थिए, १५ चैतमा काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनपछि फरार भएका थिए। उनीमाथि प्रहरीमाथि गाडी कुदाएर आक्रमण गर्नेदेखि लिएर सामाजिक अशान्ति फैलाउने गम्भीर आरोप लागेका छन्।

उक्त प्रदर्शनमा सहभागी उनका समर्थकहरूले सार्वजनिक तथा निजी सम्पत्तिहरूमा तोडफोड, आगजनी, लुटपाटजस्ता आपराधिक कार्यहरूमा संलग्न भएको प्रहरी अनुसन्धानमा खुलेको छ। कुल ४० वटा भवनहरूमा तोडफोड गरिएको थियो भने ६९ वटा सवारी साधनमा क्षति पुगेको बताइएको छ।

दुर्भाग्यवश, सो घटनामा पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको ज्यान गएको थियो। साथै, १२९ जना घाइते, तीमध्ये पाँच जना अझै अस्पतालमा उपचाररत रहेको प्रहरी स्रोतले जनाएको छ।

हाल दुर्गा प्रसाई र दिपक खड्कालाई काठमाडौं ल्याउने तयारी भइरहेको र थप अनुसन्धान अघि बढाइने जनाइएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आज क्रिसमस डे: नेपालभर क्रिश्चियन समुदायले प्रेम, शान्ति र मुक्तिको सन्देशसहित मनाउँदै
  • २०८२ पुष १०, बिहीबार ०५:५२ बजे

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाइरहेका छन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *