कैलालीमा बाटोमै सुत्केरी गराएकी महिलालाई सहयोग गर्ने प्रहरी जवान पुरस्कृत

प्रधानमन्त्रीद्वार बुद्ध जयन्ती समारोहमा सहभागिता जनाउँदै लुम्बिनी आगमन हुने कैलालीको गोदावरी नगरपालिका–१ मा सुत्केरी व्यथाले छट्पटाइरहेकी चन्द्रा आचार्यलाई सडकमै सुरक्षित रूपमा सुत्केरी गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका देउवालाई पुरस्कृत गरिएको छ। मंगलबार बिहान आचार्यले सडकमै छोरालाई जन्म दिएकी थिइन्।

उक्त उल्लेखनीय सहयोगको कदर गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी जवान देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेको हो। प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले उत्कृष्ट मानविय कार्यका लागि देउवालाई सम्मान प्रदान गरेका हुन्।

खैराना प्रहरी चौकीबाट खटिएकी देउवाले आचार्यलाई समयमै सहयोग गर्दै अस्पतालसम्म सुरक्षित रूपमा पुर्‍याएकी थिइन्। सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। चन्द्राका श्रीमान् भारतमा रोजगारीमा छन् भने उनी सुर्खेतकी स्थायी बासिन्दा हुन् र हाल अत्तरियामा डेरामा बस्दै आएकी थिइन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *