आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस – श्रमिक अधिकारको सम्मानमा समर्पित दिन

आज मे १ तारिख, विश्वभर १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमहरूका साथ मनाइँदैछ। यो दिवस श्रमिकहरूको अधिकारको प्रत्याभूति, पेसागत मर्यादा र सम्मानको रूपमा प्रत्येक वर्ष मनाउने गरिन्छ।

सन् १८८६ को मे १ मा अमेरिकाको शिकागोमा सुरु भएको ऐतिहासिक मजदुर आन्दोलनको सम्झनामा यो दिवस मनाइन्छ। ‘८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको आन्दोलनको क्रममा हेयमार्केट क्षेत्रमा भएको बम विस्फोट र प्रहरीको गोली लागेर सात जना मजदुरले ज्यान गुमाएका थिए। यस आन्दोलनले अन्ततः श्रमिक हकका लागि सफलता प्राप्त गर्‍यो।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न श्रम संगठनहरूको बैठकले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउने निर्णय गरेपछि यो दिवस विश्वव्यापी रूपमा मनाउन थालियो।

नेपालमा पनि यो दिवसको परम्परा २००३ सालमा विराटनगरमा भएको श्रमिक आन्दोलन र २००७ सालको राजनीतिक परिवर्तनपछि सुरु भएको हो। विशेषगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि मे दिवसलाई राष्ट्रिय मान्यता दिइएर सार्वजनिक बिदा दिन थालिएको हो। नेपाल ट्रेड युनियन महासङ्घका अनुसार, पहिलो पटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले औपचारिक रूपमा मे दिवस मनाएको थियो।

आजको दिनमा नेपालभर मजदुर संगठनहरूद्वारा विविध कार्यक्रम आयोजना गरी श्रमिकहरूको हक, अधिकार, र सम्मानका लागि आवाज उठाइँदैछ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आज क्रिसमस डे: नेपालभर क्रिश्चियन समुदायले प्रेम, शान्ति र मुक्तिको सन्देशसहित मनाउँदै
  • २०८२ पुष १०, बिहीबार ०५:५२ बजे

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाइरहेका छन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *