शिक्षक महासंघ र सरकारबीचको सहमतिको विरोधमा विद्यालय कर्मचारीहरुको असन्तुष्टि

नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र शिक्षक महासंघबीच बुधबार भएको ९ बुँदे सहमतिमा आफ्ना माग समावेश नभएको भन्दै विरोध जनाउँदै आन्दोलनको चेतावनी दिएको छ। परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार आफ्ना मागहरू बेवास्ता गरिएकाले परिषद् आन्दोलनको तयारीमा छ।

यसै सन्दर्भमा महासंघ अन्तर्गतका सबै संघ-संगठनहरुको समीक्षा बैठक बोलाइएको छ। सहमतिको जानकारी दिन काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा विद्यालय कर्मचारीहरूले नेतृत्वमाथि नाराबाजी गर्दै तीव्र असन्तुष्टि जनाएका थिए।

यसअघि नै परिषद्ले प्रेस विज्ञप्ति जारी गर्दै सहमति प्रति असहमति जनाएको थियो। महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले पनि विद्यालय कर्मचारीहरूको माग सम्बोधन नभएको प्रति उनीहरूले असन्तुष्टि जनाएको जानकारी दिइन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *