शिक्षक महासंघ र सरकारबीचको सहमतिको विरोधमा विद्यालय कर्मचारीहरुको असन्तुष्टि

नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र शिक्षक महासंघबीच बुधबार भएको ९ बुँदे सहमतिमा आफ्ना माग समावेश नभएको भन्दै विरोध जनाउँदै आन्दोलनको चेतावनी दिएको छ। परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार आफ्ना मागहरू बेवास्ता गरिएकाले परिषद् आन्दोलनको तयारीमा छ।

यसै सन्दर्भमा महासंघ अन्तर्गतका सबै संघ-संगठनहरुको समीक्षा बैठक बोलाइएको छ। सहमतिको जानकारी दिन काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा विद्यालय कर्मचारीहरूले नेतृत्वमाथि नाराबाजी गर्दै तीव्र असन्तुष्टि जनाएका थिए।

यसअघि नै परिषद्ले प्रेस विज्ञप्ति जारी गर्दै सहमति प्रति असहमति जनाएको थियो। महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले पनि विद्यालय कर्मचारीहरूको माग सम्बोधन नभएको प्रति उनीहरूले असन्तुष्टि जनाएको जानकारी दिइन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

जेन-जी आन्दोलन : सहयोग रकम सरकारी कोषमा मात्र जम्मा गर्न अर्थमन्त्रालयको आग्रह
  • २०८२ आश्विन १८, शनिबार ०४:१४ बजे

जेन-जी आन्दोलनपछि घाइतेको उपचार र सहिद परिवारलाई राहतका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकम गैरसरकारी संस्थामा नभई सरकारी भौतिक पूर्वाधार निर्माण कोष मा जम्मा गर्न अर्थमन्त्रालयले आग्रह गरेको छ।…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

श्रम सम्झौता भएका मुलुकमा अनिवार्य हुलाक सेवा विस्तार गर्नुपर्ने: मन्त्री गुरुङ
  • २०८२ भाद्र १७, मंगलवार ०५:२६ बजे

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका मुलुकहरूसँग हुलाक सेवा सम्झौता पनि अनिवार्य रूपमा गर्नुपर्ने बताएका छन्। हुलाक सेवा विभागको वार्षिक प्रगति समीक्षामा बोल्दै उनले हुलाकको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *