कुवेतविरुद्धको रोमाञ्चक फाइनलमा नेपाल ३ रनले पराजित

३१ चैत २०८१, हङकङ, चीनमा आयोजित चारदेशीय T20I सिरिज 2025 को अन्तिम खेलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ। कुवेतले २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। जवाफमा नेपालले १९.३ ओभरमा १७१ रन मात्र बनाउन सक्यो।

नेपालका लागि बासिर अहमदले ४३ बलमा ८० रनको विस्फोटक इनिङ्स खेले भने नन्दन यादवले १४ बलमा ३७ रन जोड्दै उत्कृष्ट साथ दिए। कप्तान आसिफ शेखले ११ बलमा २१ रन बनाए। यद्यपि अन्तिम ओभरमा आवश्यक रन बनाउन नसक्दा नेपाल हारको सामना गर्न पुग्यो।

कुवेतका लागि अनुदीप चन्दमारा उत्कृष्ट प्रदर्शन गर्दै २.३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। यासिन पटेल र नविनराज राजेन्द्रनले समान २-२ विकेट हात पारे।

सिरिजको यो अन्तिम खेल अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक रह्यो, तर नेपालले अन्तिम क्षणसम्मको संघर्ष पछि हार बेहोर्‍यो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

टेस्ट क्रिकेटको सपना तर्फ उक्लिंदै नेपाल — “एभरेस्ट चढ्दै”
  • २०८२ असार ४, बुधबार ०९:२७ बजे

नेपाल क्रिकेट संघ (CAN) ले भविष्यमा टेस्ट क्रिकेट खेल्ने आफ्नो दीर्घकालीन लक्ष्य सार्वजनिक गरेको छ। “नेपाल भन्नासाथ मानिसहरूलाई सगरमाथा सम्झिन्छ, त्यसैले हामी पनि टेस्ट क्रिकेटको सगरमाथा चढ्ने बाटोमा छौं,” CAN…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

सिड्नीको रेस्टुरेन्ट बाहिर दिउँसोको समयमा गोलीकाण्ड, तीन जना गम्भीर घाइते
  • २०८२ असार २, सोमबार ०१:३४ बजे

अंकित अधिकारी , अस्ट्रेलियाको सिड्नीस्थित अर्बन क्षेत्रमा रहेको एम ब्रदर्स कबाब शप अगाडि दिउँसोको भीडभाडको समयमा भएको गोलीकाण्डमा दुई पुरुष र एक महिला गम्भीर घाइते भएका छन्। घटनास्थलमा प्रहरीद्वारा क्राइम…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *