काठमाडौंमा वर्षाले जनजीवन प्रभावित

काठमाडौं — राजधानी काठमाडौंमा आज बिहानैदेखि लगातार वर्षा भइरहेको छ। बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका विभिन्न भागहरूमा वर्षा भइरहेको मौसमविद्हरूले जनाएका छन्।

काठमाडौंमा हल्का वर्षा भइरहे पनि आकाश घमिलो र धुम्म रहेको छ। यस्तो प्रतिकूल मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरूमा अवरोध पुगेको छ। काठमाडौँबाट विभिन्न गन्तव्यतर्फका उडानहरू ढिलाइ भएका छन्।

मौसमविद्हरूले आगामी दुई दिनसम्म देशका धेरैजसो स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन्। बागमती, कोशी, र मधेस प्रदेशका जिल्लाहरूमा बिहानैदेखि वर्षा जारी छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

डेंगी संक्रमणले कोशी प्रदेशका सबै १४ जिल्ला प्रभावित
  • २०८२ श्रावण १२, सोमबार ०६:३३ बजे

झापा । कोशी प्रदेशका सबै १४ जिल्लामा डेंगी फैलिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार, हालसम्म प्रदेशभर ३ हजार १८१ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३ जनाले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

लैंगिक समानता दिगो विकासको आधार : उपाध्यक्ष अधिकारी
  • २०८२ असार ३२, बुधबार १२:२१ बजे

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले लैंगिक समानता बिना समृद्धि र दिगो विकास सम्भव नहुने बताएका छन्। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक फोरममा नेपालले लैंगिक समानतालाई राष्ट्रिय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *