पाल्पा सिद्धेश्वरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, दुई जना घाइते

तानसेन — रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लका अनुसार लु १ ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरा जाँदै गर्दा सर्वोत्तम सिमेन्ट खानी नजिक दुर्घटना भएको हो।

दुर्घटनापछि घाइते पाँच जनालाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा, उपचारको क्रममा चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा–१, सिद्धेश्वरका ३६ वर्षीय दीपेन्द्र बुढा, ३१ वर्षीय चेतनारायण विक र २३ वर्षीय जनक रेगामी रहेका छन्।

हाल घाइते भएका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *