पाल्पा सिद्धेश्वरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, दुई जना घाइते

तानसेन — रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लका अनुसार लु १ ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरा जाँदै गर्दा सर्वोत्तम सिमेन्ट खानी नजिक दुर्घटना भएको हो।

दुर्घटनापछि घाइते पाँच जनालाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा, उपचारको क्रममा चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा–१, सिद्धेश्वरका ३६ वर्षीय दीपेन्द्र बुढा, ३१ वर्षीय चेतनारायण विक र २३ वर्षीय जनक रेगामी रहेका छन्।

हाल घाइते भएका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *