बानेश्वरमा शिक्षक र प्रहरीबिच धकेलाधकेल !

काठमाडौं । काठमाडौंमा ९ दिनदेखि प्रदर्शन गरिरहेका शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडक खण्डको तीनवटै लेनमा प्रदर्शन गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको छ ।

आठ दिनसम्म एउटा लेनमा मात्र प्रदर्शन गरिरहेका उनीहरूले आज भने तीन वटै लेनमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न खोज्दा धकेलाधकेलको स्थिति आएको हो ।

बानेश्वर भएर माइतीघरतर्फ गइरहेको गाडीलाई शिक्षकहरूले अगाडि बढ्न नदिँदा बिजुली बजार पुल क्षेत्रमा केही बेर तनाव अवस्थाको सिर्जना भएको हो । अहिले पनि तीन वटै लेन कब्जा गरेर शिक्षकहरूले प्रदर्शन गरेका हुन । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् ।

तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि उनीहरू माइतीघर–नयाँ बानेश्वर सडकमा प्रदर्शन गर्दै आएका छन् । सरकारले पटक–पटक वार्तामा बोलाए पनि उनीहरू विभिन्न विकल्प र शर्त अघि सार्दै आएका छन् ।

यसैविच शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भनिएको छ । तर वार्ताको समय भने तय भइसकेको छैन । सरकारसँग वार्ता गर्नका लागि शिक्षक महासंघले सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता टोली पनि बनाइसकेको छ ।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    विदेश अध्ययनतर्फ युवाको बढ्दो आकर्षण, तर देशमै गुणस्तरीय शिक्षा अति आवश्यक
    • २०८२ जेष्ठ ८, बिहीबार ०३:०७ बजे

    जेठ ८, अंकित अधिकारी, सिड्नी अष्ट्रेलिया हालका वर्षहरूमा नेपाली युवाहरूको बढ्दो आकर्षण विदेश अध्ययनतर्फ बढ्दै गएको छ। प्रत्येक वर्ष हजारौं विद्यार्थी उच्च शिक्षाको लागि अस्ट्रेलिया, अमेरिका, जापान, कोरिया लगायतका देशहरूमा…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    अस्ट्रेलियामा तीन लाखभन्दा बढी नेपालीको उपस्थिति, नेपाली संस्कृति र पहिचानको जगेर्ना
    • २०८२ जेष्ठ ३, शनिबार ११:३७ बजे

    जेठ ३ अंकित अधिकारी सिड्नी , अहिले अस्ट्रेलियामा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेका छन्, जसमा सिड्नी क्षेत्रमा झण्डै डेढ लाख नेपाली रहेका छन्। अध्ययन र रोजगारीका लागि यहाँ आएका…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *