रेशम चौधरीको गिरफ्तारीपछि एकता कार्यक्रम बिथोलियो, कार्यकर्ताहरूको नाराबाजी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउसँगै बुधबारको एकता कार्यक्रममा अशान्ति देखिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा चौधरीलाई प्रहरीले पक्राउ गरेपछि स्थिति तनावग्रस्त बन्यो।पार्टी एकताकै दिन यस्तो घटना भएको भन्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका कार्यकर्ताहरू आक्रोशित बनेका छन्।

कार्यक्रम अवरुद्ध भएपछि दुबै पार्टीका समर्थकहरूले नाराबाजी गर्दै विरोध जनाएका थिए।एकता सन्देश दिने उद्देश्यले आयोजित कार्यक्रम चौधरीको गिरफ्तारीले प्रभावित भएको कार्यकर्ताहरूले आरोप लगाएका छन्।

यस घटनाले दुबै पार्टीबीचको समन्वयमा तत्काल असर परेको देखिएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *