शाह पशुपंक्षी तथा कृषि फार्म रूपन्देही, लुम्बिनी प्रदेशकै उत्कृष्ट कृषि फार्म

प्रकाश अधिकारी

बैशाख २२ बुटवल,
बिगत १४ बर्ष देखि शुदो्धन गाउँपालिका वडा न.२ रूपन्देही मा अबस्थित शाह पशु तथा कृषि फार्म रूपन्देही तथा लुम्बिनी प्रदेशकै उत्कृष्ट कृषि फार्म रहेको नेपाल सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय राष्ट्रिय फलफूल बिकाश केन्द्र किर्तिपुर काठमाडौँ ले जनाएको छ।पुरानो बुटवल हाल बुटवल उपमहानगरपालिका वार्ड नं २ स्थायी बसोबास गर्ने फार्मका मुख्य सन्चालक नुरूदिन शाह लगायत ४ भाइबाट सञ्चालित यो फार्म बि. स. २०६८ सालदेखि सञ्चालन गरिएको हो यस कृषि फार्ममा अर्गानिक स्वास्थ्यकर तरकारी, फलफूल, दुध, र मासुजन्य पदार्थ उत्पादन आधुनिक किसिमले ब्रान्डिङ र बजारिकरण भइरहेको पनि संचालक बताउनुहुन्छ ।

तस्वीर १
तस्वीर २
तस्बिर ३

यस फर्ममा बेमौसमी सबै किसिमका तरकारी आधुनिक किसिमका फलफूल जस्तो कि अल्फान्सो, दशहरि, बम्बै, अमरपाली लगायत करिब बीस पच्चीस किसिमका आप, चार पाँच प्रजातीका लिचीहरू, अंगुर, स्याउ, सुन्तला, केरा, अम्बा, बयर, किबी , सखरखण्ड लगायत हिमाल, पहाड, तराईमा उत्पादन हुने सबै किसिमका फलफूलहरू उत्पादन भइरहेका छन्। यसैगरी पशुपालनतर्फ गाई, भैंसी, बाख्रा, कुखुरा, हाँस, खरायो, परेवा, माछा, कालिज लगायत सबै किसिमका जनावर तथा पशुपंक्षी देख्न सकिन्छ। फर्मको प्रवेशद्वारमै मै सयपत्रि, लालुपाते, मखमलि, पारिजात, सुनाखरी, काल्की, लालीगुराँस, पारिजात, रोजकेरी, अपराजिता र गुलाबका बिभिन्न रङका फूलहरू ढकमक्क फुलेका देख्न सकिन्छ फूलका मात्रै करिब एक ढेड सय प्रजाति रहेका छन्।

तस्बिर ४
तस्बिर ५
तस्बिर ६

करिब २५ बिघा जग्गामा रहेको यस शाह पशुपंक्षी तथा कृषि फार्म रूपन्देही जिल्लाकै नमूना तथा उत्कृष्ट कृषि फार्म हो भन्नका लागि दुई मत नहोला, तर जिल्लाबाट कुनै पनि अनुदान, कृषि सम्बन्धि राहत प्रोत्साहनका कार्यक्रम नआएको फार्मका मुख्य सन्चालक नुरूदिन शाह बताउनुहुन्छ। जिल्ला कृषि कार्यालय रूपन्देहीको नजरमा यस फर्म पर्न नसके पनि २०८१ साल साउन ७ गते नेपाल सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय राष्ट्रिय फलफूल बिकाश केन्द्र किर्तिपुर काठमाडौँ बाट नेपालकै उत्कृष्ट फार्मको रूपमा राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरेको र फार्मले केहि समय भित्रै अर्गानिक एग्रो रिसोर्ट संचालनमा ल्याउन लागेको पनि मुख्य सन्चालक बताउनुहुन्छ ।

तस्बिर ७
तस्बिर ८

मुख्य सन्चालक नुरूदिन शाह भन्नुहुन्छ वास्तविक तथा असल किसानले अनुदान नपाउने तर बिचौलियाहरूको हातमा अनुदान जाँदा हामी जस्ता वास्तविक किसान पलायन तथा मर्कामा हुनुपरेको वहाको को तर्क छ ।

संचालक : नुरुदीन शाह

 

 

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

आज क्रिसमस डे: नेपालभर क्रिश्चियन समुदायले प्रेम, शान्ति र मुक्तिको सन्देशसहित मनाउँदै
  • २०८२ पुष १०, बिहीबार ०५:५२ बजे

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाइरहेका छन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङद्वारा निर्माण तीव्र बनाउन निर्देशन
  • २०८२ पुष ६, आईतवार ०६:२२ बजे

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा तीव्रता दिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्। सडक विस्तारमा भइरहेको ढिलासुस्तीको कारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस