
बैशाख २५, भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) ले हाल सञ्चालनमा रहेको TATA IPL 2025 को बाँकी खेलहरू एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ। बोर्डले यो निर्णय हालको परिस्थितिको समग्र मूल्याङ्कन गर्दै सम्बन्धित निकायहरू र सरोकारवालासँग परामर्शपछि गरेको हो। प्रतियोगिताको नयाँ तालिका र स्थानको जानकारी चाँडै सार्वजनिक गरिने BCCI ले जनाएको छ।
IPL गभर्निङ काउन्सिल ले अधिकांश फ्रेन्चाइजहरूको अनुरोध र खेलाडीहरूको भावना, प्रसारक, प्रायोजक तथा प्रशंसकहरूको धारणा सुनेर निर्णय लिएको हो। BCCI ले भारतीय सेनाको साहस र क्षमतामा पूर्ण विश्वास राख्दै राष्ट्रको सार्वभौमिकता, अखण्डता र सुरक्षालाई प्राथमिकता दिएको स्पष्ट पारेको छ।
हालै भएको आतंकी आक्रमण र पाकिस्तानद्वारा गरिएका अकारण आक्रमणको जवाफमा भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’ मा BCCI ले राष्ट्रसँग ऐक्यबद्धता प्रकट गरेको छ र सशस्त्र बलहरूको वीरता र निःस्वार्थ सेवाको सम्मान गरेको छ।
BCCI ले प्रसारक Jiostar, शीर्ष प्रायोजक TATA, र अन्य सबै साझेदार तथा सरोकारवालालाई राष्ट्रिय हितलाई प्राथमिकता दिएकामा आभार प्रकट गरेको छ।
देवजित सैकिया :सचिव, BCCI