
अमेरिकाको भर्जिनिया राज्यको मनासस पार्क सहरस्थित एक घरमा नेपाली मूलका चार सदस्यको गोली लागी मृत अवस्था भेटिएको छ। मनासस पार्क प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, ८ वर्षीया बालिका र २ वर्षीय बालक रहेका छन्। बालबालिकाको नाम हालसम्म सार्वजनिक गरिएको छैन।
प्रहरीका अनुसार मृतक परिवार भाडामा बस्दै आएको थियो भने घर नेपाली नागरिककै स्वामित्वमा रहेको बताइएको छ। घरधनीले प्रहरीलाई सम्पर्क गरेपछि प्रहरी घटनास्थलमा पुगेको र सोही क्रममा चारै जनाको शव फेला परेको हो।