अमेरिकाको भर्जिनियामा नेपाली परिवारका चार जना मृत अवस्थामा फेला

अमेरिकाको भर्जिनिया राज्यको मनासस पार्क सहरस्थित एक घरमा नेपाली मूलका चार सदस्यको गोली लागी मृत अवस्था भेटिएको छ। मनासस पार्क प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, ८ वर्षीया बालिका र २ वर्षीय बालक रहेका छन्। बालबालिकाको नाम हालसम्म सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार मृतक परिवार भाडामा बस्दै आएको थियो भने घर नेपाली नागरिककै स्वामित्वमा रहेको बताइएको छ। घरधनीले प्रहरीलाई सम्पर्क गरेपछि प्रहरी घटनास्थलमा पुगेको र सोही क्रममा चारै जनाको शव फेला परेको हो।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

बंगलादेशमा बीएनपीको स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
  • २०८२ फाल्गुन १, शुक्रबार ०९:१२ बजे

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बिहीबार सम्पन्न बंगलादेशको आम निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको छ। २९९ सदस्यीय संसद्मा बीएनपीले १६५ सिट जित्दै सरकार गठनको मार्ग सुरक्षित गरेको हो। यससँगै पूर्वप्रधानमन्त्री…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पूर्वी कंगोमा खानी पहिरो: २०० भन्दा बढीको मृत्यु आशंका
  • २०८२ माघ १७, शनिबार १२:३४ बजे

मध्य अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भागमा रहेको रुबाया कोल्टन खानीमा भीषण पहिरो जाँदा २०० भन्दा बढी मानिसको ज्यान गएको आशंका गरिएको छ। उत्तरी किभु प्रान्तमा रहेको खानी बुधबार…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *