अमेरिकाबाट थप ९ नेपाली निष्कासित, अध्यागमन कानुन उल्लंघनको कारण

अमेरिकाले अध्यागमन कानुन उल्लंघनको आरोपमा थप ९ जना नेपाली नागरिकलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई गत साता नेपाल फर्काइएको हो।

फर्काइएका नेपालीहरूमा विश्वकर्मा, वली, केसी, भण्डारी, देवकोटा, बोहोरा, शेर्पा लगायतका थरका रहेका छन्। उनीहरूलाई एयर इन्डियाको विमानमार्फत काठमाडौं ल्याइएको हो। ५ जना बिहीबार र ४ जना मंगलबार काठमाडौं फर्काइएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार, पछिल्लो समयमा अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरू अमेरिकाबाट नियमित रूपमा निष्कासित भइरहेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रावसन नीतिले गर्दा गैरकानुनी बसाइ रहेका नेपालीहरू अमेरिकाको अध्यागमन प्रहरीले निगरानीमा राख्दै आएको छ। केही नेपालीलाई त चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको जानकारी प्राप्त छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

सिड्नीमा ‘बर्डम्यान’ बनेका नेपाली युवकको दुःखद अन्त्य: सडकमै मृत्यु, दिनौँसम्म कसैले थाहा पाएन
  • २०८३ बैशाख ९, बुधबार ०१:१२ बजे

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा अध्ययनका लागि पुगेका एक नेपाली युवकको जीवन अन्ततः सडकमा अत्यन्त दुःखद रूपमा टुंगिएको छ। ‘बर्डम्यान’ भनेर चिनिने ३२ वर्षीय बिक्रम लामा सिड्नीको व्यस्त स्ट जेम्स टनेल…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *